बोटलर्स नेपाल (तराई)का मजदुर आन्दोलित

0 0

चितवन । केही दिनदेखि भरतपुरको गोन्द्राङस्थित बोटलर्स नेपाल (तराई) लिमिटेडमा कार्यरत मजदुरहरू आन्दोलित भएका छन् । कम्पनी अन्तर्गतको बेयर हाउस विभागमा कार्यरत ४४ जना मजदुरलाई कम्पनीले कामबाट निकालेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
उनीहरूलाई ठेकेदार कम्पनी पवन ढुवानीले कामबाट हटाएको थियो । करीब १ दशक अघिदेखि निरन्तर काम गर्दै आइरहेका मजदुरले आपूmहरूलाई ननिकाल्न माग गरेका छन् । आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेञ्चुरीले पुराना मजदुरलाई हटाएर नयाँलाई प्राथमिकता दिएकाले आपूmहरू आन्दोलित हुनुपरेको बताए ।
उनका अनुसार कम्पनीले शुरूमा पवन ढुवानीबाट काममा राखिएकाहरूलाई हटाएर मारुती ढुवानीलाई कामको जिम्मा दिएपछि मजदुरहरू निकालिएका हुन् । नयाँ मजदुरले कम्पनीमा काम गरिरहेको बताउँदै सेञ्चुरीले आपूmहरूलाई कम्पनीले रोजगारी दिनुपर्ने दाबी गरे । ठकेदार कम्पनीसँगको सम्झौता सकिए पनि यस्तो विषम् परिस्थितिमा आपूmहरूलाई रोजगारी या विकल्प दिनुपर्ने मजदुरहरूको जोड छ ।
बोटलर्स नेपाल (तराई) लिमिटेडले भने ठेकेदार कम्पनी मार्फत राखिएका मजदुरहरू आप्mनो सरोकारको विषय नभएको बताएको छ । ठेकेदार कम्पनीबाट राजिनामा दिएर गएका मजदुरहरू कसरी आन्दोलनमा उत्रिए भन्ने आश्चर्यको विषय भएको कम्पनीले बताएको छ । ठेकेदार कम्पनी पिठुवामा सरेपछि मजदुरहरू आप्mनो इच्छाले उपदान रकम रू. ८१ हजारसहित काम छाडेको कम्पनीको दाबी छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.