एक्जिम कोड नवीकरणको म्याद थप गर्न नाडाको अनुरोध

0 0

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले एक्जिम कोड नवीकरणको म्याद थप गर्न भन्सार विभागका महानिर्देशकसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजस्व समितिका उपसभापति समेत रहेका नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले मंगलवार भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग भेट गरी यस्तो अनुरोध गरेका हुन् ।
दुलालले एक्जिम कोड नवीकरणको म्याद आगामी असोज मसान्तसम्म थप गर्न आग्रह गरेको नाडाले बताएको छ । नेपालमा ३० हजार ओटा व्यावसायिक कम्पनीहरू एक्जिम कोडमा दर्ता रहेको बताउँदै दुलालले हालसम्म पनि बन्दाबन्दी कायम रहेको र सर्वोच्च अदालतले जिरो आवर घोषणा गरेको स्थितिमा म्याद थप गर्नुको विकल्प नभएको बताए ।
अहिले १ हजार ५०० को हाराहारीमा मात्रै कम्पनीहरुले नवीकरण गरेको र निर्धारित समयसीमाभित्र सबैले नवीकरण गर्न नसक्ने उनको भनाइ छ । देशको यस्तो जटिल र विषम् परिस्थितिमा यसबाट व्यवसायीलाई धेरै सहज हुने अपेक्षा नाडाको छ । विभागले एक्जिम कोड नवीकरण गर्न यही असार मसान्तसम्मको समयसीमा तोकेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.