काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रमुख कार्यकारी अधिकृत पदमा श्री संजिव सुव्बा नियुक्त हुनुभएको छ । बैंंकिङ, पेशागत विकास, शैक्षिक तथा तालिम व्यवस्थापनको क्षेत्रमा २८ वर्ष भन्दा बढि कार्य अनुभव हासिल गर्नुभएका श्री सुव्बाज्यू यस अघि नेशनल बैकिङ्ग इन्स्ट्च्यिुटमा स्थापनाकाल देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा १० वर्ष उल्लेखनीय योगदान र जिम्मेवारी बहन गर्दै सन् २०१९ बाट एन.एम.बी. लघुवित्त लिमिटेडमा अध्यक्ष पदमा रहदै आउनु भएको छ । उहाँले थाइल्याण्डको बैकंक स्थित वेबस्टर विश्व विद्यालयमा स्थापनाकाल देखि कार्यकारी निर्देशकको रुपमा लामो समय योगदान गर्नुृभएको छ तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा समेत जिम्मेवारी बहन गरी सक्नुभएको छ । उहाँले अमेरिकास्थित वेवस्टर युनिभरसिटीबाट अन्र्तराष्ट्रिय व्यापारमा स्नाकोत्तर गर्नुभएको छ । श्री सुव्बा नेपालस्थित युएनडिपीको अगुवाईमा स्थापित दिगो विकास लक्ष्य – ग्रिन फाइनेन्स प्लेटफर्मको अध्यक्ष पनि हुनुहुन्छ ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत श्री संजिव सुव्बा वित्तिय समावेशितामा अभिरुची राख्नुहुन्छ । डिजिटल फाइनेन्सियल सर्विसेज र फिनटेक (ँष्लतभअज) वित्तिय समावेशिताको अभिन्न अंग भएको हुनाले नेप्सलाई अबको दिनमा न्यू टेक्नोलोजीमा आधारित भुक्तानी प्रणालीमा रुपान्तर गर्ने आप्mनो भिजन रहेको श्री सुव्बाले बताउनु भयो । नेपाल जस्तो भौगोलिक, उदाउँदो आर्थिक र बढ्दो सामाजिक आधुनिकरणलाई पक्ष्याउँदै नेप्स आगामी दिनमा भुक्तानी प्रणाली भित्रको नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिने छ, भन्ने जानकारी दिनुभयो ।
१६ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । यस कम्पनीले सनराईज बैक, बैंक अफ काठमाडौं, माछापुच्छ«े बैंक, सिद्यार्थ बैंक, सिटिजन्स बैंक, ग्लोवल आईएमई बैक, एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, देवः विकास बैंक, साइन रेसुंगा विकास बैक, सांग्रिला विकास बैंक, ज्योति विकास बैंक, लुम्विनी विकास बैक, एक्सल विकास बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुको लागि भिसा कार्ड, मास्टर कार्ड, युनियन पे कार्डहरुको लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आइरहेको छ ।
Headline