काठमाडौं । कुमारी बैंक लिमिटेडले साविकको देवःविकास बैंक लिमिटेडलाई प्राप्ती गरी आइतवार (असार २८) गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ ।
कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिरप्रताप जबरा तथा साविकको देवःविकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा) ले संयुक्त रुपमा समुद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गरे ।
एकीकृत कारबोबारपश्चात् कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर सञ्जाल २१६, एटीएम संख्या १३८ पुगेको छ । यस्तै कूल निक्षेप रू. १२४ अर्ब, कूल कर्जा प्रवाह रू. ११२ अर्ब तथा सेयरपूँजी रू. १२.५२ अर्ब पुगेको छ ।
Headline