पहिरो र खोलाको कटानले गर्जुवा गाउँ जोखिममा

0 0

धनकुटा । निरन्तरको वर्षाका कारण लेउती र गर्जुवा खोलामा बाढी आउँदा साँगुरीगढी गाउँपालिका–७ गर्जुवा गाउँको बस्ती जोखिममा परेको छ । लेउती र गर्जुवाको संगम स्थलमा ९ घरपरिवारको बसोबास छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमीन समेत धमाधम कटान गरेपछि बस्ती जोखिममा परेको हो ।
खोलामा पानीको बहाव बढिरहेकाले त्रास रहेको स्थानीय यामबहादुर राईले बताए । उनको शौचालय समेत बगाइसकेको छ भने घर जोखिममा परेको छ । केही स्थानीय आफन्तको घरमा सर्न थालेका छन् । बस्तीमा रहेको घरपरिवारका सबै बासिन्दा लेउती खोलामा बालुवा चालेर जीविकोपार्जन गर्दै आएका छन् ।
गर्जुवा खोलामा माटोसहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक–पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् । पानी पर्नेबित्तिकै गर्जुवाको शीरमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ ।
पहिरोबाट आएको लेदो माटोले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को १ झ ५८४ नम्बरको गाडी समेत पुरेको छ । सडक डिभिजन कार्यालयले बाटोको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडी निकालिएको गाडीमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताए ।
पहिरोले क्षणभरमै बाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम भइरहेको छ । खोलामा रहेको ह्युमपाइप पुरिएपछि बाढीको माटो सडकमा थुप्रिने गरेको छ । त्यस्तै गर्जुवा भन्दा केही पर सिस्नेमा पनि बाढीको जोखिम उच्च छ ।
गाउँभन्दा माथि निर्माणाधीन कोशी कोरीडोर छ भने तलतिर कोशी राजमार्ग छ । कोशी कोेरिडोरको माटो पानीले बगाएर बस्ती हुँदै कोशी राजमार्गमा ल्याएर थुपोर्ने गरेको स्थानीय बताउँछन् । थुप्रिएको माटो सडक डिभिजनको डोजरले पन्छाएर सडक सूचारु गर्ने गरिएको सुपरभाइजर राईको भनाइ छ ।
वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर विस्तापित भएका छन् । पहिरोका कारण धनकुटा–१ हिलेका डिल्ली घिमिरे र सेतुलाल तामाङको परिवार विस्तापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए ।
यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका–५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई स्थान्तरण गरिएको एसपी अधिकारीले जानकारी दिए । विस्तापित भएका परिवारलाई स्थानीयवासीको सहायतामा सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ ।
धनकुटाका विभिन्न ठाउँका ४७ घरपरिवारलाई उच्च सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । वर्षासँगै बाढी पहिरोका जोखिमबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गर्दै धनकुटा नगरपालिका–७ आत्माराका १० घर, महालक्ष्मी नगरपालिका–५ माङमाया खोला आसपासका ३ घर, सहीदभूमि गाउँपालिका–३ छिन्ताङ खहरे भीरका ७ घर, त्रिवेणी दोभानका ३ घर र साप्तिङटारका ४ घरलाई उच्च जोखिममा राख्ने सतर्कता अपनाउन आग्रह गरेको हो ।
यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–१ गर्जुवाका ४ घर, साँगुरीगढी–६ नाम्जेका ९ घर, चौबीसे गाउँपालिका–३ च्याङचुङभीरका ४ घर र वडा नं. ५ कुशेटारका ४ घरलाई पनि सतर्क रहन भनिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.