श्रमिकको ज्याला वृद्धि

0 0

नुवाकोट । नुवाकोट जिल्लाका काम गर्ने श्रमिकहरूको ज्याला वृद्धि भएको छ । चालु आर्थिक वर्षबाट लागु हुने गरी कामदारको ज्याला न्युनमात्रामा वृद्धि गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष २०७७/७८ को लागि श्रमिकहरूको ज्याला दर निर्धारणमा गत आर्थिक वर्षको भन्दा केही वृद्धि गरेको हो ।

श्रमिक सङ्गठन, निर्माण व्यवसायी, उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित ज्यालादर सूचांक तथा उपभोक्ता मूल्य सूचांक, हालको बजार मूल्य र श्रमिकहरूको उपलव्धतालाई समेत आधार मानेर श्रमिकहरूको ज्याला दर निर्धारण गरेको जनाएको छ । कामदारको ज्याला निर्धारण गरि नयाँ जिल्ला दररेटको प्रस्ताव गर्न गठित जिल्ला दररेट निर्धारण उपसमितिको संयोजक एवम् जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा गएको असार १५ गते बसेको बैठकले उक्त दररेट निर्धारण गरेको हो ।

सार्वजनिक खरिद नियमनावली, २०६४ को नियम १४८ को उपनियम बमोजिम नुवाकोटको लागि निर्माण सामाग्री, ढुवानी, मेसिन तथा कामदारको ज्याला निर्धारण गर्न असार १५ गते गठित उपसमितिले असार १६ गते पेश गरेको प्रतिवेदन उपयुक्त रहेको भन्दै अनुमोदन समेत गरिएको छ ।

निर्धारण गरिएको दररेट अनुसार दक्ष कामदार अन्तरगतको व्लाष्टरले प्रतिदिन १ हजार २ सय रूपैयाँ, रक डिलर, हेभि ड्राइभर, वेल्डर, विस्पोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, सिकर्मी, नकर्मी, वज्रकर्मी, चित्रकारी, हेभि सुनियर अपरेटर र कम्युटर अपरेटरलाई १ हजार रूपैयाँ तोकिएको छ । अर्ददक्ष कामदाले प्रति दिन प्रतिव्यक्ति ७ सय ६० रूपैयाँ, अदक्ष कामदार अन्तर्गत रहेका ज्यामी, भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, इटा बनाउने, साधारण हेल्पर, नर्सरी नाइके, क्याम्पर वर्कर, लगायतलाई ७ सय ३० रूपैयाँ, मौसम रेकर्डरलाई ५ सय रूपैयाँ, सडकमा काम गर्ने लेन्थ वकरलाई ४ सय ८० रूपैयाँ, निर्माण सुपरभाइजरलाई ५ सय ६० रूपैयाँ, निर्माण सुपरभाइजर प्राविधिकलाई ७ सय रूपैयाँ निर्धारण गरिएको छ ।

यस्तै लाइट ड्राइभरलाई ६ सय ६० रूपैयाँ, प्याच वकरलाई ५ सय ६० रूपैयाँ, लेन्थ कवर सुपरभाइजरलाई ६ सय ४० रूपैयाँ र झाडु लगाउनेलाई ५ सय ४० रूपैयाँ ज्याला दर निर्धारण गरिएको छ । कामदारको साविक ज्याला दरमा दैनिक प्रतिव्यक्ति रू. १० देखि रू. ३० सम्म वृद्धि गरिएको छ । सरकारी दररेट एकथरी भए पनि बजारमा सो अनुसारको कामदार पाउन मुस्किल हुने निर्माण क्षेत्रका काम गर्नेहरू बताउँछन् ।

श्रमिकको उमेर १६ वर्ष पार गरेको र दैनिक काम गर्ने अवधि ८ घण्टालाई आधार मानेर यस आर्थिक वर्षको लागि श्रमिकहरूको ज्याला दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला दररेटमा कामदारको ज्यालादर बाहेक अन्य ढुवानीका दरहरूमा पनि वृद्धि गरेको छ । भरियाद्धारा गरिने ढुवानीमा साविकको दरमा यो वर्ष वृद्धि गरिएको छ भने अन्य ढुवानीको दरहरूमा हेरफेर गरिएको छैन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.