आईफोन एसई–२०२० नेपालमा सार्वजनिक

0 0

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्युनिकेशनले नेपालमा आईफोन एसई–२०२० सार्वजनिक गरेको छ ।

६४ जीबी, १२८ जीबी र २५६ जीबीमा कालो, सेतो र रातो रङमा आईफोन एसई उपलब्ध रहेको कम्पनीले बताएको छ । सबैभन्दा प्रत्याशित आईफोनहरू नेपाली बजारमा भित्रिएको बताउँदै कम्पनीले स्मार्टफोन प्रेमीमाझ उत्साहपूर्ण प्रतिक्षा जगाएको दाबी गरेको छ ।
कम्पनीले दिएको जानकारी अनुसार एसई ६५ जीबीको रू. ७० हजार, एसई १२८ जीबीको रू. ७५ हजार र एसई २५६ जीबीको रू. ९६ हजार मूल्य तोकिएको छ ।

ग्राहकहरूलाई एप्पलका असली उत्पादनहरू आधिकारिक च्यानलहरूबाट मात्र खरीद गर्न, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरूमा १ वर्षको वारेन्टीका लागि कम्पनीले विशेष अनुरोध गरेको छ ।

साथै आईफोनका असली सामाका लागि सम्पूर्ण बक्सहरूमा जेनरेशन नेक्स्टको होलोग्राम जाँच गरी सुनिश्चित गर्न कम्पनीले ग्राहकलाई आग्रह गरेको छ ।

नयाँ स्मार्टफोनहरू कम्पनीको आधिकारिक डिलरहरू इभो स्टोर, ओलीज, प्mयूचर वल्र्ड, आइस्टोर, राइजिङ मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा), मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र विक्री भइरहेको बताइएको छ ।

वर्षौैंदेखि नेपाली बजारमा एप्पलका उत्पादनहरू विक्री गर्दै आएको कम्पनीले आईफोन तथा एप्पलका उत्पादनहरू म्याकबुक्स, आइप्याड, आइम्याक पनि विक्री गर्दै आएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.