दैलेख । दैलेखका २ ओटा स्थानीय तहका किसानलाई रू. २ करोड बराबरको भैंसी वितरण गरिएको छ । जिल्लाको नारायण नगरपालिका र गुराँस गाउँपालिकाका अति विपन्न र दलित परिवारहरुलाई भैंसी वितरण गरिएको हो ।
प्रदेश सांसदहरुको लक्षित वर्ग कार्यक्रम अन्तर्गत दुबै स्थानीय तहमा करीब साढे २ करोड बराबरको अनुदानमा भैंसी वितरण गरिएको छ । दैलेख निर्वाचन क्षेत्र नंं. १ (क) बाट निर्वाचित कणर्ाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी र (ख) का अमरबहादुर थापाले खर्च गर्न पाउने रू. ४०/४० लाख रकमबाट भैंसी खरीद गरी वितरण गरिएको हो । पालिकाका विपन्न तथा दलित परिवारको आयाआर्जन वृद्धि तथा परिवार पाल्नका लागि सहजता प्रदान होस् भन्ने उद्देश्यका साथमा भैंसी वितरण गरिएको सांसदहरुले बताएका छन् ।
नारायण नगरपालिकाका १२० घर परिवारलाई १/१ ओटा भैंसी वितरण गरिएको छ । सांसद अमरबहादुर थापाले खर्च गर्न पाउने रकम रू. ४० लाख, नारायण नगरपालिकाको रू. ४० लाख, राष्ट्रसेवक बहुउद्देश्यीय सरकारी संस्थाको रू. २० लाख, किसानको रू. १५ लाख, पशु अस्पताल/पशु सेवा कार्यालयको रू. १ करोडसहित रू. २ करोड १५ लाखमा १२० ओटा भैंसी खरीद गरिएको थियो,’ नारायण नगरपालिकाका नगरप्रमुख-रत्नबहादुर खड्काले भने,’ ‘हामीले विभिन्न वडाका ६४ अति विपन्न दलित परिवारलाई भैंसी वितरण गरिएको र बाँकी अन्य वडाका विपन्न परिवारलाई यो हप्ता नै भित्र वितरण गर्ने तयारीमा छौँ ।’
नारायण नगरपालिका वडानं -३ का ४० परिवार,वडा नं -४ का १० वडानं -५ का १०,वडानं – ६ का २० वडानं- ७ का २० र वडानं -११ का २० जना गरी १२० जना अति विपन्न दलित परिवारलाई भैंसी वितरण गरिएको नगरपालिकाले बतायो ।’
गुराँसमा ३३ भैंसी, ३ ओटा टनेल
लक्षित वर्ग कार्यक्रम अन्गर्तत गुराँस गाउँपालिका-८ का ३३ जनालाई भैंसी वितरण गरिएको छ,’भने,‘३ ओटा टनेल निर्माण गरिएको छ ।’ ‘वितरण गरिएका प्रति भैंसीको मुल्य ८०-९० हजार परेको सांसद धर्मराज रेग्मिले बताए ।’ कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने उद्देश्यले टनेलहरु वितरण गरिएको हो । पछिल्लो समय गाउँघरका भैंसी पालन गर्नेको सँख्या दिनानुदिन घट्दो क्रममा छ । यही कुरालाई मध्यनजर गर्दै व्यावसायिक रुपमा भैंसी पालेर आयआर्जन गर्न सक्छन्,’रेग्मिले भने । केही दिन अघि मात्रै वडा अध्यक्ष पुणर्बहादुर वलीले किसानहरुलाई भैंसी वितरण गरिसकेका छन् ।
दही उत्पादनमा आत्ननिर्भर बन्ने अपेक्षा
सांसद अम्मर बहादुर थापाले भने,‘ हाम्रो जिल्ला परापुर्वकाल देखी नै दधिचि ऋषिले तपस्या गरेको र दही पाउने जिल्ला भनेर चिनिए पनि पछिल्लो समय किसानहरुले भैंसी पाल्न छै छाड्न आंटिसके ।’ त्यही कुरालाई मध्यनजर गर्दै दहीमा आत्म निर्भर गर्न सकिन्छ की भनेर यो कार्यक्रम मार्फत भैंसी वितरण गरिएको हो । साथै व्यावसायिक रुपमा भैंसी पालन व्यावसायमा लाग्न पनि सहयोग पुग्ने छ,’उनले भने ।
दुग्ध प्रशोधन केन्द्र सञ्चालनमा ल्याउँछौँ : खड्का
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था दैलेखका व्यवस्थापक भूपेन्द्र खड्काले जिल्लामा अहिले पनि पनि जातीय छुवाछुत यथावत् रहेको र दलितले ल्याएको दूध बजारमा विक्रि वितरण गर्ने भन्दै जातीय छुवाछुत अन्त्य गर्ने तर्फ यो कार्यक्रम केन्द्रित हुने बताए । दूध बिक्रीका लागि अन्य व्यापारी कहाँ विक्री नगरेर सहकारीले निर्माण गरेको दूध प्रशोधन केन्द्रमा ल्याएर बिक्री गर्न सक्ने छन् । ‘हामीले सहकारी दूध प्रशोधन गरेर दूध बाट निर्माण हुने विभिन्न परिकारका सामग्री निर्माण गरि सहकारीले विक्री वितरण गर्ने छौँ ।’