धरान | विद्युत् सर्ट भई धरानको तरकारी बजारमा आगलागी हुँदा ११ ओटा पसल जलेर नष्ट भएको छ । जलेका पसलमा करीब रू. ६० लाख भन्दा बढीको क्षति भएको छ ।
सोमवार बिहान करीब ५ बजेको समयमा रमा चौहान खतिवडाको पसलबाट आगलागी शुरू भएको थियो । धरान–३ स्थित पालिका बजारमा रहेका ७ ओटा कस्मेटिक पसलसहित फलपूmल र तरकारी पसल जलेका छन् ।
लामो समयदेखिको लकडाउनपछि बजारमा क्रमशः चहलपहल बढ्दै थियो, त्यसैले व्यापारीहरूले लगानी थपेर सामान ल्याएका थिए । ती सबै जलेर नष्ट भए ।
आगलागीपश्चात् धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । दमकल ढिलो आएकै कारण ठूलो क्षति भएको पसल सञ्चालकहरूको भनाइ छ । आगलागीबाट आपूmहरूको ‘सर्वस्व’ गुमेको र गरिखाने बाटो नै सकिएको पीडित सविना बेघा खनालले बताइन् ।
आगलागीमा परी कल्पना तामाङ, रमा चौहान खतिवडा, अनिता आचार्जु, बसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकलगायत ११ जनाको टिनको छानो भएको पसल जलेर नष्ट भएको छ ।
पीडित व्यवसायीहरूले क्षतिपूर्तिको माग गर्दै भानु सब्जी तथा फलपूmल व्यवसायी समितिमा निवेदन दिएका छन् । चाँडै बजारमा पुनस्र्थापना होस् भन्ने पनि उनीहरूको माग छ ।
भानु सब्जी तथा फलपूmल व्यवसायीका अध्यक्ष राजेन्द्र दर्नालका अनुसार आगलागी पीडितहरूले रू. ६७ लाख ५० हजार बराबरको निवेदनसहित क्षतिपूर्तिको माग गरेका छन् । निवेदनको विषयमा सर्जिमिन मुचुल्का गरेर आवश्यक पहल गरिने उनले बताए ।
सामान्य आर्थिक अवस्थाका आगलागी पीडितहरू सबैको जिविका तिनै पसलहरूबाट चल्दै आएको थियो । पसल जलेपछि उनीहरू दैनिक रोजीरोटीको चिन्तामा छन् ।
धरान उपमहानगरपालिकाले तरकारी बजारलाई व्यवस्थित गर्न २० वर्षअघि नगरपालिका अन्तर्गत पालिका बजार सञ्चालनमा ल्याएको थियो । पालिका बजारमा सामान्य आर्थिक अवस्था रहेका व्यापारीहरूले थोरै पूँजीको लगानीमा व्यापार गर्दै आएका थिए ।
पीडित प्रेमबहादुर कार्कीले पीडितहरू विचल्ली अवस्थामा भएको बताए । उनले भने, ‘हामीले नगरपालिकामा कर बुझाएका छौं, क्षतिपूर्ति दिएर बजारलाई पुनस्र्थापना गर्नुपर्छ ।’