नेकपाका अध्यक्षद्वयबीचको छलफल सकारात्मक

0 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करीब ४ घन्टा लामो छलफल सकिएको छ । एक हप्तादेखि टुटेको सम्वादहीनताको अवस्थालाई तोड्दै छलफलमा जुटेका अध्यक्षद्वयको बिहीबार भएको छलफलले नेकपाभित्रको विद्यमान समस्या समाधान उन्मुख भएको बताइएको छ ।

छलफलमा दुबै अध्यक्ष समस्या समाधान गर्न सकारात्मक देखिनाका साथै छलफललाई निरन्तरता दिन सहमत भएका छन् । अध्यक्षद्वयबीच भोलि शुक्रबार पनि छलफल हुने भएको छ ।

उनीहरुले आज महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको बताइएको छ ।

यसअघि तिक्ततापूर्ण सम्बन्धमा पुगेका अध्यक्षद्वय अकस्मात छलफलमा जुट्नु, बुधबार एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ५–७ दिनभित्रै पार्टीको विवाद अन्त्य भएको सिनारियो दिने बचनबद्धता व्यक्त गर्नु, सञ्चारकर्मीलाई काउन्टडाउन शुरु गर्न सुझाव दिनुलगायत अभिव्यक्तिहरुका कारण पनि अब नेकपाको विवाद समाधानतिर मोडिएको अनुमान गर्न सकिन्छ ।

त्यतिमात्र होइन प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने कडा अडान राख्दै आएका प्रचण्ड–माधव नेपालको समूह पनि सहमतिका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएमा त्यसमाथि छलफल गरेर सर्वसम्म ढंगले अहिले उठेका सवालहरुलाई सम्बोधन गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गर्न सकिने ठाँउमा पुगेका छन् । यसले पनि नेकपामा सकारात्मक सञ्चार गरिरहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.