“मेरो खबर्दार छ “

0 0

होमनाथ घिमिरे

बोल्यौ के कसरी जित्यौ  जनमतै दिन्छौ निकासा भनि ।
बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै  पनि ।।
तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ ।
पार्दैछौ जननी कठै बिपतमा मेरो खबर्दार छ ।।

—-
फुक्यौ धेर घुमेर यो सहरमा गर्नेछु सेवा भनि ।
बोल्यौ धेर गएर ती  बिकटमा भर्नेछु टेवा भनि ।।
चौक्टा देश भयो शिकार भवको  बाडेर अन्तै तिर !
हाम्रो राष्ट्र कतै परे सकसमा मेरो खबर्दार छ ।।
यो यो गर्छु भनी फुटाइ जनमा  सारा तिनैको लुट्यौ ।
सारा एक ढिका थियो  कपटले पारी  चिरामा फुट्यौ ।
ऐले खै कसरी भुलाइ  सब ती निक्कै नया चाल छ ।
हाम्रो देश कतै परे  कहरमा मेरो खबर्दार छ ।।
हिड्छौ लाज नभै न भो शरम ती बोल्छौ हजारौ कुरा ।
तिम्रा चाल र ढालको लबजले भन्दैछ बेग्लै कुरा ।।
त्यै विश्वास गरेर घात मतको लाग्दैछ  क्वै यार छ ।
हाम्रो देश पुगे कतै भवरमा मेरो खबर्दार छ ।।
सत्तामा  कति थ्यौ  अझै सब तिरै लुट्यौ लुटायौ कति!
आफ्ना पास छ जो उनै नगिचका बाड्यौ बनायौ कति!
मर्दैछन् जनता न क्वै पहुँचमा तिन्को कुनै आश छ ?
हाम्रो राष्ट्र लुटी लिने मनसुवा मेरो खबर्दार छ ।।
सारा मानिसले गमेर मनमा  बुझ्दैछ बेग्लै कुरा ।
गर्दैछौ अपमान ती जनमतै चाखेर  अर्कै पुरा ।।
हामी चै बधुवा सधै दल भने नाड़गो रजाई न छ ।
दिन्नौ भो अधिकारमा कुटिलता मेरो खबर्दार छ ।।
—-
सीमा को छ कुरा बडो गजबले हालेर छारो सब ।
संझौता कति ती छ गोप्य जनमा अन्यौल त्रस्तै अब ।
यो नेपाल अझै छिया अवनिमा कुन्नि के चाल छ ?
मैले दिन्न नगर्नु जाल रचना मेरो खबर्दार छ ।।
—-
रचना मिति :2077/03/04
छन्द : शार्दुलविक्रीडीत
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

2 thoughts on ““मेरो खबर्दार छ “

Leave a Reply

Your email address will not be published.