‘ऋृषि पञ्चमी’ महीनावारीको बारेमा ज्ञान दिने दिवस बन्न सक्छ

0 0

डा. अरुणा उप्रेती | बरिष्ठ जनस्वास्थ्य चिकित्सक

हाम्रो ‘ऋृषि पञ्चमी’ नै महीनावारीको बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बन्न सक्छ ।

हरेक वर्ष मे २८ लाई अन्तर्राष्ट्रिय ‘महीनावारी’ दिवस भनेर मनाउन थालेको केही वर्ष भयो । मलाई पनि कहिलेकाहीँ त्यस्तो कार्यक्रममा बोलाउँदा मैले भन्ने गर्छु ‘महीनावारी दिवस मनाउने विदेशी चलन गर्नै पर्दैन ।

‘अहिले ऋषि पञ्चमीलाई महीनावारीको बेलामा गरेको पाप पखाल्ने व्रत भनेर भनिएको छ, तर यही दिनलाई प्रजनन स्वास्थ्य र महीनावारीको ज्ञान दिने पर्वको रुपमा मनाउन सकिन्छ ।’ हो, हाम्रो धर्म ग्रन्थमा महीनावारीको बारेमा बार्नु पर्ने, महीनावारी भएकी महिलाले भिन्नै बस्नुपर्ने भनेर लेखिएको छ । यस्तो ग्रन्थ त्यो बेलामा लेखिएको थियो, जब विज्ञान थिएन, मानव शरीरको बारेमा ज्ञान थिएन, अनुसन्धान थिएन, अहिले त समय परिवर्तन भइसकेको छ । महीनावारी र शरीर विज्ञानको बारेमा आधुनिक ज्ञान अहिले स्कुलमा पनि पढाइन्छ ।

वेदमा लेखिएको महीनावारीसँग गाँसिएका ‘मिथकहरुलाई’ पढ्दा अचम्म लाग्छ । ‘रजस्वला भएपछि अरुले नदेख्ने गरी लजाएर घरभित्र बस्नु पर्छ । एकसरो लुगा लगाएर कमजोर हुँदै दुःखी भए जस्तै स्नान र गहनाको ऋंगार त्यागेर भुँइमा सुत्दै ती दिन बिताउनु पर्छ र तीन रात पछि घाम झुल्कँदा लुगासहित स्नान गर्नुपर्छ ‘(चार वेदको सार, ४९)’

तर यी कुरालाई अहिले मानिँदैन, त्यति मात्र होइन अहिलेको विज्ञानले त महीनावारी हुँदा होइन सफाबसौंं, हाँसौं, स्वस्थ खाना खाउँ, सकिन्छ भने दिनदिनै नुहाएर लुगा फेरौं भन्छ । अहिले पनि ‘वेदमा त्यस्तो लेखेको छ, त्यसैले महिलाहरु दुःखी भएर तीन दिन भूइँमा सुत्नु पर्छ’ भनेर त कोही पनि पण्डित, पुजारी, हजुरआमा, हजुरबाबाले भन्दैनन् ।

किनभने नेपाली समाज नयाँ विचारलाई छिट्टै अंगीकार गरेर व्यवहारमा ल्याउने समाज हो । ५० वर्षअघि म सानो छँदा नछुने, टालो भन्ने शब्द प्रयोग गर्न गाह्रो हुन्थ्यो । नछुने महीनावारी भएपछि पेट दुख्ने वाकवाक लाग्ने जस्ता समस्यालाई झेलेर नै किशोरीहरु र महिलाहरु बस्थे ।

ऋषि पञ्चमीलाई स्वस्थ हुने ज्ञान बाँडने दिन बनाउने कि ‘पाप’लाई पखाल्ने दिन बनाउने ? ‘ऋषि पञ्चमी’ मा खाइने कर्कलो पनि खाऔं, कर्कलोमा भएको पौष्टिक तत्वले हाम्रो शरीरमा रोगसँग लड्ने शक्ति बढाउँछ । अहिले कोरोनाको जगजगी बढेको बेला त कर्कलो र भात खानु त झन् महत्वपूर्ण छ ।

अहिले त नेपाली समाजमा महीनावारी कुनै लुकाउनु पर्ने छलफल गर्न नहुने, विषय होइन भनेर पढाइन्छ । स्कूल स्कूलमा महिनावारी व्यवस्थापनको लागि प्याड बाँडन अघिल्लो आर्थिक वर्षमा सरकारले १ अर्ब रुपैयाँ छुट्टयायो ।

त्यो रकमको कति दुरुपयोग भयो त्यो एक छुट्टै विषय हो, तर कमसेकम ‘राष्ट्रिय पत्रपत्रिकामा प्याड, महीनावारी, सुकिलो टालो’ भन्ने शब्दहरु चर्चामा आए । महीनावारी भएको बेला ऋषि पञ्चमीलाई ‘महीनावारी दिवस’ मनाउन किन सकस मान्नु ? होइन, यसो गर्दा त ‘हाम्रो धर्म संस्कृति नै नष्ट हुन्छ’ भन्नेहरुले भन्न सक्छन् ।

उनीहरुलाई भन्न सकिन्छ ‘महोदय, अहिले कति मन्दिरमा इन्टरनेटद्धारा पुजा गरिन्छ । प्रसाद पनि पार्सलमा नै पठाइन्छ । अहिले त अमेरिकामा बसेर नेपालका पण्डितहरुबाट पास्नी, न्वारन गराइन्छ । कोरोनाका बेलामा त कति हिन्दु संस्कार पनि ‘वेविनार’बाट गरियो ।’ यसको अर्थ हो, हाम्रो हिन्दु धर्मले ‘कठमुल्लावाद’लाई अंगालेको छैन । समय अनुसार परिवर्तन भएको छ । त्यसैले त विधवाहरु विवाह गर्न हुन्न्, विधवाहरुले मासु खानै हुन्न, विधवाहरुले रंगीन लुगा र रातो टीका लगाउनै हुन्न् भन्ने मान्यता परिवर्तन भइसकेको छ ।

मेरी ८४ वर्षकी आमा, ४४ वर्षअघि विधवा भइन् । अहिले मेरी आमा रातो, नीलो, पहेंलो रंगको लुगा लगाउँछिन् । उनी भन्छिन्, ‘अब विधवाले दुःखी भएर, सेतो लुगा लगाएर बस्नु पर्ने जमाना गए ।’ नपढेकी मेरी आमा त त्यति विचार गर्न सक्छिन भने हामी पढेकाहरुले विश्लेषण गर्न सक्दैनौं र ?

ऋषि पञ्चमीको दिवस मनाऔं, प्लिज भनौं । अनि सहज हुन्छ धर्मका कुरा गर्नेलाई । ऋषिपञ्चमीलाई पाप पखाल्ने पर्व नमानेर ‘स्वच्छताको पर्व’ भनेर मनायो भने शायद संस्कृतिको रुपान्तरण सकारात्मक ढगंबाट हुन्थ्यो होला । ऋषिपञ्चमीको दिन किशोरीलाई महीनावारी हुँदा कसरी स्वच्छ रहने, महीनावारी हुँदा पर्ने साधारण समस्या कसरी समाधान गर्ने भन्ने बारेमा छलफल चलाउन सकियो भने संस्कृतिले साँच्ची सकरात्मक सन्देश फैलाउने छ ।

ऋषि पञ्चमीलाई स्वस्थ हुने ज्ञान बाँडने दिन बनाउने कि ‘पाप’लाई पखाल्ने दिन बनाउने ? ‘ऋषि पञ्चमी’ मा खाइने कर्कलो पनि खाऔं, कर्कलोमा भएको पौष्टिक तत्वले हाम्रो शरीरमा रोगसँग लड्ने शक्ति बढाउँछ । अहिले कोरोनाको जगजगी बढेको बेला त कर्कलो र भात खानु त झन् महत्वपूर्ण छ ।

स्कूलहरूमा शिक्षकहरूले किशोरकिशोरीसँग महीनावारीको बारेमा कुरा गर्दा लाज मान्न धेरै नै छोडिसकेको छ । महीनावारी हुँदा गोठ वा घरबाहिर राख्ने ‘छौपाडी’ को चलन ‘गैर कानुनी’ भइसकेका व्यवहारमा अझ पूर्णरुपमा हट्न सकेको छैन । ‘मेरो घरमा ‘छौपाडी’ मानिदैन भनेर घरमा भए पनि सुदूरपश्चिमका मानिसहले भन्छन् । किनभने ‘छौपाडी’ छ भनेको अब लज्जाको विषय हुन्छ ।

आउने पुस्तामा शायद ‘छौपाडी’ ‘म्युजियम’ जस्तोमा राखिने छ । यस्तो धेरै परिवर्तन भएको अबस्थामा ‘ऋषी’ पञ्चमीलाई किशोर किशोरीलाई उनीहरूको शरीर, स्वास्थ्य, महीनावारीको विषयमा ज्ञान दिने दिन बनाए त हाम्रो हिन्दु संस्कृतिको कत्रो मान इज्जत बढ्ने थियो ।

होइन, ऋषी पञ्चमीलाई त ‘महीनावारीको बेलामा छुन नहुने मानिसलाई छोएको’ पाप पखाल्ने दिन भनेर पुरानै लाग अलापिराख्ने हो भने त, ऋषीपञ्चमी बिस्तारै हराउँदै जानेछ ।

र स्वास्थ्य दुबैलाई सुरक्षित राख्न ऋषी पञ्चमी नयाँ तरीकाले मनाऔं ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.