वैदेशिक रोजगारीका पीडा भिडियोमा

0 0

दमौली । वैदेशिक रोजगारीमा जाने युवाले भाग्नुपरेको समस्या र पीडालाई समेटेर दृश्यचित्र (भिडियो) निर्माण गरिएको छ ।

हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ

धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो । नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ । वैदेशिक रोजगारमा उसले कस्ता दुःख पाउँछ, त्यही विषयवस्तुलाई समेटेर पत्रकार अमरराज नहर्कीद्वारा रचित ‘बिरानो देश’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बत्ती झलमल
कसको छ र परदेशमा आउनलाई मन
रुदै रुदै आएको म कमाउनलाई धन

नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारी र युवाहरुको अवस्थाका बारेमा चित्रण गरेर गीत रचना गरिएको पत्रकार नहर्कीले जानकारी दिए । ‘नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारीले रेमिट्यान्स त भित्र्याएको छ तर साथैमा हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरू पनि दिएको छ’, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं गोरखापत्र दैनिकका संवाददता नहर्कीले भने, ‘यस्तै सपनाहरू र चोटहरू मिसिएको कथालाई म्यूजिक भिडियोमार्फत् सार्वजनिक गरेका छौं ।’

पत्रकार समुन्द्र पौडेलको निर्देशन रहेको गीतमा गायक नवराज थापाले आवाज दिएका छन् । भिडियोमा सुदीप पौडेल र पूजा केसीको अभिनय रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.