ट्राफिक प्रहरीलाई ग्लोबल आईएमई बैंकद्वारा ट्राफिक संकेत बोर्डहरु हस्तान्तरण

0 0

काठमाडौं । ग्लोबल आईएमई बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री हस्तान्तरण गरेको बैंकले बताएको छ ।

एक कार्यक्रमका बीच बैंककोगाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालयउदयपुरकाप्रमुख प्रहरी नायवनिरीक्षक होम प्रसादखनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताउनुभयो ।
बैंकको गाइघाट शाखाका प्रबन्धक दाहाललेजिल्ला ट्राफिक प्रहरी कार्यलयउदयपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्नसामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.