0 0

दोलखा । दोलखाको बिगु गाउँपालिका–३ बुलुङका वडाअध्यक्ष श्रीराम खड्काले आफ्नी छोरीको विवाहमा लाखौं रुपैयाँ खर्च गरेका छन् ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित खड्का हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् ।

विश्वव्यापी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा क्रियाशील भनिएका स्थानीय जनप्रतिनिधि आफैले सयौं मानिसको भीड जम्मा गरेर मदिरासहितको भव्य भोज समेत आयोजना गरेका छन् ।

समाचार स्रोतका अनुसार उनले आफ्नी छोरीको विवाहमा १३ वटासम्म खसी काटेर ७०० जना भन्दा बढी निम्तालुलाई भोज खुवाएका छन् । खसीको खपतसँगै मदिरा र अन्य खाद्य पदार्थमा समेत उनले लाखौं रुपैयाँ खर्चेको बताइएको छ ।

विगतमा सर्वहारा वर्गको उत्थान गर्ने भन्दै नेकपा माओवादीको राजनीति गरेका खड्का धनी र गरिबको दूरी नहुने बताउँदै आएका थिए । तर, उनी आफैं जननिर्वाचित प्रतिनिधि भएको अवस्थामा निक्कै भड्किलो र खर्चिलो पारामा छोरीको विवाह गरेपछि नेपाली कम्युनिष्टहरुको चरित्र नै उदाङ्गो भएको छ ।

आफू वडाअध्यक्ष भएकै कारण पदको इज्जत बढाउन पदकै दुरुपयोग गरेको आरोप अहिले उनलाई लागेको छ । सामान्य कृषि पेशाबाट गुजारा चलाउँदै आएका खड्का वडाध्यक्ष बनेपछि उच्चस्तरको जीवनशैली अवलम्बन गर्न थालेको स्वयम् गाउँका मतदाताहरु बताउँछन् ।

खर्च गर्न नै सक्ने अवस्थामा पनि हाल विश्वव्यापी कोभिड–१९ को जोखिमलाई ख्याल गरी थोरै भीड र आफन्तहरुमात्रै बसेर आफ्ना पारिवारिक जमघट गर्न तथा चाडपर्वहरु मनाउन सरकारले आग्रह गरिरहेको छ । तर, सरकारको निर्देशन पालना गराउने व्यक्तबाटै यसरी गाउँमा टाढाटाढादेखि मानिसहरु बोलाएर जम्मा गर्नु जोखिम बढाउने काम भएको स्थानीय बताउँछन् ।

कम्युनिष्ट पार्टीका सदस्य, जननिर्वाचित व्यक्तिमात्र होइन स्थानीय सरकारको समेत भूमिकामा रहेका व्यक्तिले गरेको यो भड्किलो व्यवहारबाट सर्वसाधारणले चाहिँ के सिक्ने ?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published.