सुनको भाउँ अहिलेसम्मकै उच्च, प्रति तोला १ लाख ७५ हजार २ सय

रामेछाप । नेपालमा सुनको भाउँले नयाँ किर्तीमान कायम गरेको छ । मंगलवार सुन प्रति तोला एक लाख ७५ हजार दुुईसय रुपैयाँ पुुगेको हो ।

आज सुनको भाउ एकैदिन प्रति तोलामा एक हजार एक सय रुपैयाँले बृद्धि भएको हो । सोमवार सुनको भाउ प्रति तोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यो भन्दा अघि चैत्र १ गते शुक्रवार सुनको भाउ प्रति तोला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोवार भएको थियो ।

सुन सँगै आज चाँदीको भाउमा पनि बढेको छ । चाँदी प्रति तोलामा १० रुपैयाँले बृद्धि भएर दुई हजार ५० रुपैयाँ कायम भएको छ । सोमवार चाँदी प्रति तोला दुई हजार ४० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Scroll to Top