रामेछाप । कुखुरा किन्न गएका एक पुरुषले महिला माथी कुटपिट गरेर घाइते बनाई फरार भएका छन् ।

जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गका ३१ बर्षिय हर्कनारायण श्रेष्ठले स्थानिय ५६ वर्षिय तोकमाया श्रेष्ठलाई कुटपिट गरेर धकिलेर लडाई फरार भएका छन् । तोकमाया लडेर गम्भिर घाइते भएपछि उनका परिवारले तत्काल घटनास्थलवाट उद्धार गरी उपचारको लागि मन्थली अस्पतालमा भर्ना गरेका थिए ।
उनको टाउँको ठोक्कीएको ठाउँमा सुन्निएको र टाउँकाको भित्री भागमा समस्या देखिएकाले थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको मन्थली अस्पतालले जनाएको छ । उक्त घटनापछि फरार रहेका हर्कनारायणको खोजीको लागि प्रहरी परिचालन भएको प्रहरी चौकी खिम्तीका प्रहरी सहायक निरीक्षक भोलाकाजी तामाङ्गले जानकारी दिए ।


उनका अनुसार बिहिवार दिउँसो हर्कनारायण कुखुरा किन्न स्थानिय गंगानारायण श्रेष्ठको घरमा पुगेका थिए । कुखुरा किन्ने क्रममा एकआपसमा भनाभन हुँदा अकस्मात हर्कनारायणले गंगानारायण माथी हातपात गर्न थालेपछि छुट्टयाउन पुगेकी गंगानारायणकी श्रीमती तोकमायालाई हर्कनारायणले कुटेर धकिलिदिदा उनी भुईमा वजारिन पुगेकी थिइन ।




