रामेछाप । मन्थली नगरपालिका–१ देवकोटाचोकमा आधुनिक तथा सुविधासम्पन्न मौलाकालिका सुनचाँदी पसलले आफ्नाे ८ औ बार्षिक उत्सवकाे अबसर पारेर नयाँ प्रविधि सहितकाे पसल बिहिबारबाट सञ्चालनमा ल्याएकाे छ ।

पछिल्लो समय ग्राहकहरुले देखाएको चाहना, आवश्यकता र बदलिदो बजारलाई ध्यानमा राख्दै पुरानो संचनालाई परिमार्जित गरी नयाँ आधुनिक तरीकाले सञ्चालनमा ल्याइएको पसलमा विभिन्न आकर्षक डिजाइनका सुन तथा चाँदीका गरगहना उपलव्ध हुने छन् । तालिम प्राप्त दक्ष कालिगणहरुवाट कुदिएका गहना र अत्याधुनिक मेसिनहरुवाट निर्मित सुन तथा चाँदीका गरगहना विशेषगरी शुभविवाह, व्रतबन्ध,तीज लगाएत चाडपर्व तथा अन्य शुभकार्यका लागि आवश्यक गरगहना एउटै स्थानवाट ग्राहकलाई उपलव्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको मौलाकालिका सुनचाँदी पसलका सञ्चालक श्याम सेन्चुरीले जानकारी दिए ।
उनले भने– हाम्रो पसलमा ग्राहकको रोजाई अनुसार परम्परागतदेखि आधुनिक डिजाइनसम्मका गरगहना उपलव्ध गराउनुको साथै ग्राहकको माग अनुसारका डिजाइन तथा अर्डरमा समेत गरगहना तयार गर्ने व्यवस्था मिलाइएको छ । सदरमुकाम मन्थलीमा पसल सञ्चालन गरेता पनि रामेछाप जिल्लाभरका ग्राहकलाई एउटै स्थानवाट गुणस्तरीय सुनचाँदीका गरगहना छनोट र खरिद गर्न सहज हुने विश्वास आफुले लिएको सञ्चालक सेञ्चुरीले बताए ।


ग्राहकको माग अनुसार अत्याधुनिक डिजाइनमा सञ्चालनमा ल्याएको मौलाकालिका सुनचाँदी पसलले आम रामेछापबासीको ध्यान खिच्न सकेको मन्थली नगरपालिका–४ सालुका जयवहादुर खत्रीले जानकारी दिए । उनले भने– विगत वर्षहरुमा रामेछापमा अत्याधुनिक डिजाइनका गरगहना पाउन नै मुश्किल थियो । आफ्नो रोजाइ अनुसारका नयाँ डिजाइनका गरगहना खरिद गर्न हजारौं रुपैयाँ खर्चेर ग्राहकहरु राजधानीसम्म जानुपर्ने वाध्यता थियो । नयाँ प्रविधि जिल्लामा भित्राएर गरगहना बनाउने उद्धेश्यले सञ्चालनमा आएको सुनचाँदी पसलले धेरै ग्राहकको मन जित्ने अपेक्षा आफुले लिएको खत्रीले बताए ।
पछिल्ला केही वर्षयता रामेछापमा व्यवसाय खस्कदो अवस्थामा देखिको गुनासोका बाबजुद पनि आधुनिक तरीकाले पसललाई परिमार्जित गरी जिल्लामा सुनचाँदी पसल सञ्चालनमा ल्याउनु आम ग्राहक र नागरिकहरुको लागि खुशीको कुरा भएको रामेछाप उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरेश उदासले जानकारी दिए ।




