गाडी दुर्घटनामा भाइको मृत्यु,दाजु गम्भिर

रामेछाप । रामेछाप बजारबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ४९१३ नम्वरको बलेरो गाडि दुर्घटनामा परि भाईको मृत्यु भएको छ भने दाजु गम्भिर घाइते भएका छन् ।

शुक्रबार बेलुकी भएकाे गाडी दुर्घटनामा पर्नेमा दाेलखा जिल्ला भिमेश्वर नगरपालिका–३ का ३० बर्षिय प्रदिप तामाङ्ग (लामा) र उनका भाई २८ बर्षिय सन्जित तामाङ्ग रहेका छन् । गाडी दुर्घटनास्थलवाट स्थानिय र प्रहरीले उद्धार गरि उपचारको लागि मन्थली अस्पतालमा लगिएकोमा उपचारकै क्रममा सन्जितको मृत्यु भएको हो । प्रदिपले चलाएको उक्त गाडी रामेछाप नगरपालिका–८ बाबियाखर्कको बिटार भित्री सडक खण्डवाट करिव २ सय ५० मिटर तल सुकाजोर खोला किनारमा खसेको थियो ।

अर्का घाइते गाडी चालक प्रदिपको मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा रेफर गरिएको छ । दुर्घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

Scroll to Top