जंगलमा आगो लगाउँदै हिड्ने दाजुभाई पक्राउ

रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरको छहरेछाप सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाउने एकाघरका दुई दाजुभाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरका ५० बर्षिय पदमबहादुर विक र उनका भाई वर्ष ४५ का चन्द्रवहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनीहरुले गएको शुक्रवार दुई सामुदायिक वनमा आगो लगाएका थिए । तीनदिनसम्म निरन्तर लागेको आगो प्रहरी र स्थानियहरुले नियन्त्रणमा लिएका थिए ।

उक्त घटनापछि आगो लगाउने व्यक्तिको खोजीमा जुुटेको प्रहरीले सोही ठाउँका दुईजनालाई सूचनाका आधारमा शनिवार प्रक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय रामेछापमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार चैत्र महिना लाग्नासाथ रामेछापका विभिन्न सामुदायिक वनहरुमा आगलागीका घटना वढेका छन् । अहिलेसम्म जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुर, गोकुलगंगा गाउँपालिकाको बेताली, मन्थली नगरपालिकाको गैराथोक र उमाकुण्ड गाउँपालिकाको बाम्तिभण्डारमा आगलागीका घटना भएका र सो आगलागी गर्ने व्यक्तिको खोजीको लागि प्रहरीले खोजतालस गर्दै आएको पनि सूचना अधिकारी न्यौपानेले बताए ।

रामेछापमा बर्षेनी आगलागीका घटनाहरु बढ्दै गएका छन् । वर्षात कम भएसँगै अधिकासं सामुुदायिक वनहरु सुख्खा भएकाले एक ठाउँमा लगाइएको आगो सहजै अर्को स्थानसम्म पुुग्ने गरेको छ । हरेक वर्ष रामेछापमा आगलागीवाट हजारौं हेक्टर वन सखाप हुँदै आएको छ । वनमा लागेको आगो कतिपय वस्तीमा पस्दा दर्जनौ घरमा क्षती पुगेको छ भने वनमा रहेका जंगली जनावर समेत ध्वस्त हुने गरेका छन् ।

Scroll to Top