हतियारधारी समुहले १५ लाख लुटे

रामेछाप । सिरहाको मध्यवजार बिष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि रकम लिदै गएका एक कर्मचारीको हातवाट नकावधारीले १५ लाख ५० हजार रुपैयाँ लुटपाट गरेका छन् ।

आइतवार दिउँसो ११ वजे ग्लोबल बैंकवाट रकम निकालेर मनिट्रान्सफरतर्फ जाँदै गरेका कर्मचारीलाई भारतीय नम्वर प्लेटको मोेटरसाइकलमा हतियार सहित आएका दुई भारतीय नकाबधारीले पेस्तोल तेर्साएर उक्त रकम लुटेर फरार भएका हुन् ।

घटनापछि प्रहरीले घटनामा संलग्नको खोजीमा जुटेको छ । लुटपाटमा संलग्न व्यक्तिहरु भारतर्फ भागेको हुनसक्ने सिरहाका प्रहरी प्रवक्ता मुक्तिनाम सापकोटाले बताए ।

Scroll to Top