सुन तोलाको १ लाख ४२ हजार ७ सय पुग्यो

रामेछाप । सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा सुन आजको मूल्य हालसम्मकै उच्च भएको बताएका छन् । अघिल्लो दिन १ लाख ४१ हजारमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुनको भाउ १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Scroll to Top