शैलुङ्गको जंगलमा लागेको आगो ८ दिनमा पनि नियन्त्रणमा आएन

रामेछाप–८ चैत्र ।

रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरको छहरेछाप सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा चैत्र १ गतेदेखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

टोकरपुरको छहरेछाप र लालि गुँरास सामुदायिक वनवाट सल्किएको आगो अहिले शैलुङ क्षेत्रमा लागिरहेको छ । मानव वस्ती नजिक नभएको सामुदायिक जंगलमा लागिरहेको उक्त डढेलो निभाउने प्रयास समेत हुन सकेको छैन् । शुरुमा आगलागी भएको स्थानमा मानव वस्ती भएकाले त्यस स्थानमा सुरुका दुई दिन सुरक्षाकर्मी र स्थानीयले बन डढेलो निभाउन प्रयास गरे पनि सफल हुन नसकेपछि त्यतिकै छाडेका थिए ।

टोकरपुरका दुई सामुदायिक वनवाट सल्किएको बन डढेलो अहिले शैलुङको चुलिथुम्कामा पुगेको छ । दोरम्बा शैलुङ गाउँपालिका गरिवसँग विश्वेश्वर कार्यक्रमका सामाजिक परिचालक तारा मोक्तानका अनुसार शैलुङ क्षेत्रमा घना जंगल रहेकाले आगो निभाउन सक्ने अवस्था नरहेको बताए । उनले भने– अहिले आगलागी भइरहेको क्षेत्र धेरै ठूलो रहेको र त्यस जंगलमा सुकेका रुखहरु धेरै भएकाले पनि आगो नियन्त्रणमा आउन सक्ने अवस्था छैन् ।

सो वनमा आगलागी गर्दागर्दै स्थानियहरुले सोही गाउँका ५० बर्षिय पदमबहादुर विक र उनका भाई वर्ष ४५ का चन्द्रवहादुर विकलाई प्रक्राउ गरी प्रहरीमा जिम्मा लगाएका थिए । पक्राउ परेको उनीहरुलाई अनुुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले डिभिजन वन कार्यालय रामेछापमा बुझाएको छ । उनीहरुले जंगलमा लगाएको आगो अहिले पनि नियन्त्रणमा आउन नसकेको हो ।

Scroll to Top