
रामेछाप । सुनको मूल्यले नयाँ किर्तीमान कायम गरेको छ । बिहिवार एकै दिन तोलामा ५ हजार ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएकाे छ ।

सुन बुधवार प्रति तोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको थियो । यस अघि गत शुक्रवार सुन तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेर उच्चतम रेकर्ड कायम गरेको थियो ।

त्यस्तै चाँदी पनि बिहिबार प्रति तोला ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य बढेर आज बढेर १ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
Post Views: 42