
रामेछाप । गएराती घरमा जोडिएको विद्युत सर्ट भई घरमा आगलागि हुदाँ मन्थली नगरपालिका– ११ गेलु स्थित गजपानीका फष्टवहादुर श्रेष्ठका दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।


अकस्मात घरमा आगो दनदन वलेपछि आगो निभाउने क्रममा घरधनी फष्टवहादुर र छिमेकी बुद्धीवहादुर श्रेष्ठ घाइते भएका छन् । बेलुका साँढे ९ वजे ठुलो आवाज सहित घरमा आगलागि सुरु भएको थियो । घरमा ग्याँस सिलिण्डर नभएकोले विद्युत मिटर पड्केर आगलागि भएको हुनसक्ने मन्थली नगरपालिका–११ गेलुका वडा अध्यक्ष भिमवहादुर थापामगरले जानकारी दिए ।


घरमा लागेको आगो स्थानियहरुले मात्र निभाउन नसकेपछि गएराती नै प्रहरी चौकी खिम्ती र फुलासीको पोखरीडाँडा प्रहरी चौकीवाट गएको प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानियहरु मिलेर उक्त आगो विहान ३ वजे नियन्त्रणमा ल्याएका थिए ।

आगो नियन्त्रणमा आएपनि आगालागीबाट घरमा रहेको नगद साढे ६ लाख, सुन चाँदी र अन्न पात र लत्ता कपडा सवै जलेर पूर्णरुपमा नष्ट भएका छन् । सो आगलागीमा परी घरको भुई तलामा बाधिएका २५ वटा खसीबाख्रा समेत मरेका छन् । घरमा आगो लागेपछि बेहोस बेनकी फत्तवहादुरकी श्रीमती सहित अन्य घाईतेहरुलाई उपचारका लागि एम्बुलेन्स मार्फत मन्थली अस्पतालमा ल्याई उपचार थालिएको छ ।