
रामेछाप–७ चैत्र ।
रामेछाप । रामेछापमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन अंग्रेजी परीक्षामा नियमित तर्फ ९ जना र ग्रेड बृद्धि तर्फ २३ जना गरी ३२ जना परिक्षार्थी परीक्षा दिन नआएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।

रामेछापका ८ स्थानिय तहरुमा यस वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । ती परीक्षा केन्द्रहरुमा दुई हजार ४ सय १४ जना नियमित र २ सय ९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुनुपर्नेमा ३२ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका इकाई प्रमुख नेत्र प्रसाद गजुरेलले जानकारी दिए ।

उनका अनुसार नियमित तर्फ डहु मावि डहु केन्द्रमा एक जना, त्रिपुरेश्वर मावि दुरागाउँ परीक्षा केन्द्रमा एक जना, हिमगंगा बहुमुखी क्याम्पस साँघुटार परीक्षा केन्द्रमा तीन जना परीक्षार्थी अनुपस्थित भएका छन् । त्यस्तै कण्ठेश्वर मावि टोकरपुर परीक्षा केन्द्रमा एक जना, प्रयागेश्वर मावि पकरबास परीक्षा केन्द्रमा एक जना, तामाकोशी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रमा एक जना र सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट एक जना विद्यार्थी अनुपस्थित भएका हुन् ।
ग्रेड वृद्धि तर्फ डहु मावि डहु परीक्षा केन्द्रमा तीन जना, मन्थली माविको (ग) परीक्षा केन्द्रमा दुई जना, नागकन्या मावि गडवारी परीक्षा केन्द्र मन्थलीमा एक जना, कालिका मावि लखनपुर परीक्षा केन्द्रमा दुई जना, कण्ठेश्वर मावि टोकरपुरमा आठ जना परीक्षार्थी परीक्षामा सहभागी भएनन् ।
त्यसैगरी प्रयागेश्वर मावि पकरबास परीक्षा केन्द्रमा दुई जना, त्रिपुरेश्वर मावि दुरागाउँ परीक्षा केन्द्रमा दुई जना, झट्टेश्वर मावि धोबी परीक्षा केन्द्रमा एक जना, हिमगंगा बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा दुई जना विद्यार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षा रामेछापमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।