उद्योग बाणिज्य संघले गर्यो कर अधिकृत घिमिरेको बिदाई

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले शुक्रवार करदाता सेवा कार्यालय मन्थलीकी प्रमुख प्रतिमा घिमिरेको विदाई गरेको छ ।

अधिकृत घिमिरे करिव एक वर्ष अघि करदाता सेवा कार्यालय रामेछापका कर अधिकृतको रुपमा आएकी थिइन । उनको हाल कर कार्यालय काठमाण्डौमा सरुवा भएको हो । अधिकृत घिमिरेको सरुवा भएसँगै रामेछाप उद्योग बाणिज्य संघले उनको फेरी भेटौला (बिदाई) कार्यक्रम आयोजना गरेको हो । बिदाई कार्यक्रममा बोल्दै कर अधिकृत घिमिरेले रामेछापमा आएदेखी नै रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारीहरुले धेरै सहयोग गरेकाले आगामी दिनमा कार्यालयमा आउने अधिकृतहरुलाई पनि यसरी नै सहयोग गर्न आग्रह गरीन ।

कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नवीन कुमार थापामगरले कर अधिकृत घिमिरेलाई मायाको चिनो उपहार दिएर विदाई गरेका थिए । उक्त कार्यक्रममा बोल्दै बाणिज्य संघका अध्यक्ष थापामगरले कर अधिकृतले आम व्यवसायीहरुको पक्षमा काम गरेको र आगामी दिनमा पनि यसैगरी जहाँ रहे पनि सहयोग गर्न आग्रह गरेका थिए । बाणिज्य सघंमा भएको उक्त कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्क्ष, विशिष्ट सदस्य, सचिव र सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

रामेछाप उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर दाता सेवा कार्यालयका प्रमुखहरुलाई स्वागत र बिदाई कार्यक्रमहरु विगत वर्षहरुदेखी नै गर्दै आएको छ ।

Scroll to Top