कर्मचारीको निधनमा लिखु गाउँपालिकाले दियो बिदा

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ नागदह स्वास्थ्य चौकीमा कार्यरत अहेव रामबाबु शाहको सवारीसाधन दुर्घटनामा परी निधन भएपछि सो घटनामा पालिकाले आज शोक विदा दिएको हो ।

कर्मचारीको निधनपछि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद अधिकारीले एक विज्ञप्ती सार्वजनिक गर्दै अत्यावश्यक सेवा बाहेकका अन्य सवै सेवाहरु बन्द रहने जनाएका हुन् । स्वाथ्यकर्मी शाहको मंगलवार सवारी दुर्घटनामा परी ज्यान गएको थियो ।

Scroll to Top