सुमो दुर्घटनामा तीन घाइते एकको अवस्था गम्भिर

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्गखुरीबाट आइतवार विहान काठमाडौँको लागि छुटेको ना १ ज ५६२६ नम्बरको टाटासुमो गाडी ब्रेक फेल भएर दुर्घटना हुँदा उक्त गाडीमा सवार तीनजना घाइते भएका छन् ।

घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ । खाँडादेवीको पिङखुरीवाट काठमाण्डौं जादै गरेको उक्त गाडी सोही गाउँपालिकाको वडा नं–८ भदौरेमा दुर्घटना भएको हो । दुर्घटनामा परी एकै परिवारका तीन जना घाइते भएका छन् ।

गाडी दुर्घटनामा घाइते हुनेहरुमा २४ बर्षिय दिपेन्द्र भण्डारी, १६ बर्षकी एलिसा भण्डारी र १४ बर्षकी एमुना भण्डारी रहेका छन् । घाइते मध्ये दिपेन्द्र भण्डारी गम्भिर रहेका छन् उनलाई उपचारको लागी ललितपुरको बिएण्डबी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परेका एलिसा र एमुनाको अवस्था सामान्य रहेको छ ।

घटनापछि गाडी चालक वर्ष २२ का विष्णु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी अनियन्त्रीत भई सडकवाट करीव ३५ मिटर तल भिरमा खसेको थियो । घटना बारे प्रहरीे थप अनुसन्धान प्रक्रिया अघि वढाएको जनाएको छ ।

Scroll to Top