वनमा आगो लगाउँदै गर्दा किशोर पक्राउ

रामेछाप । जिल्लाका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिड्ने एक किशोरलाई प्रहरीले आगो लगाउँदै गर्दा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ बर्षिय सुबास महत रहेका छन् । उनले आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आँगो लगाउँदै गर्दा जंगलवाट प्रहरीले पक्राउ गरेको हो । महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिडेको स्थानियहरुले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए ।

स्थानियले दिएको सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले आँगो लगाउँदै गर्दा महतलाई पक्राउ गर्न सफल भएको हो । आगलागीमा संलग्न रहेका महतलाई प्रहरीले अदालतवाट म्याद थप गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका महतले विभिन्न सामुदायिक वनमा आगो लगाएको स्विकार गरेको डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीले जानकारी दिए । उनले भने– पक्राउ परेका महतलाई वन ऐन अनुसार कारवाही हुन्छ ।

Scroll to Top