रामेछाप । काठमाण्डौ विमानस्थलवाट रामेछापको लागि उडेको सिता एयर जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि उक्त जहाज पुनः काठमाण्डौ विमानस्थलमा नै फर्काएर आकस्मिक अवतरण गराइएको छ ।
आज विहान काठमाण्डौंवाट रामेछाप विमानस्थल तर्फ उडेको ९०६ उडान नम्वरको सिता एयरको जहाजमा समस्या देखिएपछि काठमाण्डौं फर्काइएको विमानस्थलका प्रवक्ता सुबास झाले जानकारी दिए । उनका अनुसार जहाजको हाइड्रोलिकमा समस्या भएपछि जहाज धावन मार्गमा अवतरण गर्न समस्या हुने गर्दछ ।
रामेछापको लागि उडान भरेको उक्त जहाज काठमाण्डौं विमानस्थलमा नै फर्काएर धावनमार्गमा अवतरण गराइएको उक्त जहाज धावनमार्गवाट तानेर जहाजको पार्किङस्थलसम्म लगेर राखिएको छ । काठमाण्डौंवाट रामेछापको लागि उडेको उक्त जहाज रामेछाप विमानस्थलवाट विदेशी पर्यटक लिएर सोलुको लुक्ला तर्फ उडान भर्ने तयारीमा रहेको थियो ।
Post Views: 135