रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरको सेलेघाटबाट सिन्धुलीको खुर्कोट तर्फ जादै गरेको बा १८ च ६१४७ नम्वरको बलेरो जीप साेमवार दिउँसाे दुर्घटनामा परेको छ ।
गाडी दुर्घटनामा परी चालक सहित ३ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ । उक्त गाडी सुनकोशी मरिण डाइभर्सन आयोजना अन्तर्गत पटेल रमण कन्ट्रक्सनको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए ।
सुनकोशी मरिण डाइभर्सन आयोजना अन्तर्गत रामेछाप तर्फ सेलेघाटमा रहेको अस्थायी क्याम्पवाट सिन्धुली तर्फमा पर्ने मरिणको आयोजना स्थलको साइटमा काम गर्दै आएका कामदारलाई खाना लिएर उक्त गाडी जादै थियो । सो गाडी सेलेघाट प्रहरी चौकी भन्दा केही तल पुगेपछि अकस्मात सडकवाट करिव १ सय ५० मिटर तल भिरमा खसेको थियो ।
गाडी दुर्घटना पछि तत्काल प्रहरी र स्थानियले उद्धार गरी घटनास्थलवाट घाइतेको उद्धार गरी खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको परिचय खुल्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।