
रामेछाप । पिसाब फेर्ने क्रममा भिरवाट लड्दा एक बृद्धको लडेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रामेछाप नगरपालिका–६ ओख्रेनीका ८५ वर्षीय गोकुल घिसिङ रहेका छन् । उनी हिजो साँझ ओख्रेनीकै भालुखोप बजारवाट घर तर्फ फर्कदै गर्दा झगरेलेख पाखाको गोरेटो बाटोमा पिसाव फेर्ने क्रममा भिरवाट लड्दा उनको ज्यान गएको हो । उनी बाटोबाट करीव ५० मिटर तल भिरमा लडेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

उक्त घटनापछि उनको शव घटनास्थलवाट उद्धार गरी पोष्र्टमार्टमको लागि रामेछाप अस्पताल लगिएको र शव पोष्टमार्टम पछि दाहसस्कारको लागि आफन्तको जिम्मा लगाइएको पनि प्रहरीले जनाएको छ ।
Post Views: 141