रामेछाप । सुनको मूल्य आज तोलामा एकहजार एकसय रुपैयाँ बृद्धि भएर तोलाको एकलाख ५८ हजार एकसय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको एकलाख ५७ हजार रुपैयाँमा कारोवार भइरहेको थियो । त्यस्तै चाँदी पनि हिजोको तुलानामा प्रति तोला १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एकहजार आठसय ७५ रुपैयाँमा कारोवार भइरहेको छ । चाँदी हिजो प्रतितोला एकहजार आठसय ६० रुपैयाँ रहेको थियो ।
Post Views: 228




