रामेछापका २७ सय विद्यार्थीले एसइई परीक्षा दिने

रामेछाप । चैत्र ७ गतेवाट शुरु हुने २०८१ को एसइई परीक्षामा रामेछापवाट २ हजार ७ सय १ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने र त्यसको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।

रामेछापका २ नगरपालिका र ६ गाउँपालिकाका गरी ८ वटै स्थानिय तहका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । जिल्लाबाट २ हजार ४११ जना नियमित र २९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुने छन् । जसमा सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट १३३ जना, चण्डेश्वरी मावी प्रीति परीक्षा केन्द्रबाट ७३ जना र शारदा मावि ठोसे केन्द्रबाट ८० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

त्यसैगरी जनजागृत मावि वेताली केन्द्रबाट १४४ जना, तामाकोशी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रबाट १२२ जना, कालीदेवी मावि फुलासी परीक्षा केन्द्रबाट ९० जना र गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछाप परीक्षा केन्द्रबाट २१९ जना परीक्षार्थीले परीक्षा दिने छन् ।

यस्तै हिमगंगा बहुमुखी क्याम्पस र साँघुटार परीक्षा केन्द्रबाट २१० जना, झट्टेश्वर मावि धोबी केन्द्रबाट १४६ जना, त्रिपुरेश्वर मावि दुरागाउँ केन्द्रबाट १११ जना र प्रयागेश्वर क्याम्पस पकरबास परीक्षा केन्द्रबाट २२६ जना विद्यार्थीले रहेका छन् ।

त्यसैगरी कण्ठेश्वर मावि टोकरपुर केन्द्रबाट १०७ जना, कालिका मावि लखनपुर केन्द्रबाट १०५ जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस केन्द्रबाट १७४ जना, नागकन्या मावि गडवारी मन्थली परीक्षा केन्द्रबाट १८६ जना रहेका छन् ।

त्यस्तै मन्थली माविको (क) परीक्षा केन्द्रबाट प्राविधिक धारका ११२ जना, मन्थली मावि (ख) परीक्षा केन्द्रबाट २४४ जना, मन्थली मावि (ग) परीक्षा केन्द्रबाट २८ जना र डहु मावि परीक्षा केन्द्रबाट १९१ जना विद्यार्थीले यस वर्षको एसइई परीक्षामा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले जानकारी दिए ।

Scroll to Top