
रामेछाप–२८ चैत्र ।
रामेछाप । मन्थली नगरपालिका–३ को ऐरम्बास देवीथान मन्दिरबाट मन्थलीकै कठजोर तर्फ फर्कदै गरेको बा १६ च ६४७६ नम्वरको डबल क्याप बलेरो बिहिवार दिउँसो दुर्घटना हुदाँ घटनास्थलमा नै दुईजनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

मन्दिरबाट मन्थली फर्कदै गरेको उक्त गाडी मन्थली नगरपालिका वडा नं २ र ३ को सीमाना ठाँटीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र अन्दाजी वर्ष १३ की भुमिका श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनामा परी घाइतेहरुको तत्काल स्थानियहरुले उद्धार गरी उपचारको लागि मन्थली अस्पताल ल्याएर घाइतेको उपचार भइरहेको छ । दुर्घटना के कारणले भएको भन्ने एकिन विवरण आएको छैन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।