घाँस झार्ने क्रममा रुखबाट लड्दा एक घाइते

रामेछाप । घर नजिकैको कान्लामा रहेको रुखमा चढेर घाँस झर्ने क्रममा रुखवाट लड्दा उमाकुण्ड गाउँपालिका–४ प्रिती स्थित बसेरीका ६८ वर्षिय रुद्र बहादुर सुनुवार गम्भिर घाइते भएका छन् ।

शनिवार दिउँसो बस्तुलाई घाँस झार्न रुख चढेका रुद्र वहादुर अकस्मात रुखवाट चिप्लीएर भुईमा बजारिन पुगेका थिए । उनको टाउँको लगाएत शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । रुख चढेका सुनुवार अकस्मात लडेको आफ्नै परिवारका सदस्यहरुले देखेपछि उनको तत्काल घटनास्थलवाट उद्धार गरी प्राथमिक उपचारको लागि प्रिती स्वास्थ्य चौकीमा लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको छ ।

उनको हाल नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको उमाकुण्ड इलाका प्रहरी कार्यालय प्रितीका प्रहरी हवल्दार चक्रवहादुर राईले जानकारी दिए ।

Scroll to Top