घरको भर्याङबाट लड्दा रामेछापमा एकको ज्यान गयो

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका–४ प्रिती स्थित गलामका ५८ वर्षिय दिलवहादुर तामाङको भर्याङबाट चिप्लीएर लड्दा उनको ज्यान गएको छ ।

शनिवार दिउँसो गलाम माने डाँडामा स्तुपामा काम गर्दै आएका दिलवहादुरको सोही भवनको माथिल्लो तलाको भर्याङबाट लडेका थिए । उनको टाउँकोमा गम्भिर चोट लागेको थियो । घाइते सुनुवारको स्थानियहरुले तत्तकाल उद्धार गरी गाडी मार्फत उपचारको लागि दोलखाको जिरी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय प्रितीका प्रहरी हवल्दार चक्रवहादुर राईले जानकारी दिए ।

Scroll to Top