रुखवाट लडेकी ७२ बर्षिय वृद्धाको उपचारको क्रममा निधन

रामेछाप । घाँस झार्ने क्रममा घर नजिकैको धनुकाठको रुखबाट चिप्लीएर लडेकी एक वृद्धाको उपचारको क्रममा सोमवार निधन भएको छ ।

निधन हुनेमा रामेछाप नगरपालिका–६ ओख्रेनी स्थित धमिनीछापकी ७२ वर्षिय पोक्चीमाया मगर रहेकी छिन् । मगर वस्तुलाई घाँस झार्न हसिया लिएर बारीको कान्लामा रहेको धनुकाठको रुखमा चढेर घाँस झार्ने क्रममा शनिवार दिउँसो लडेकी थिइन । उनको घटनास्थलवाट स्थानियहरुले उद्धार गरी उपचारको लागि रामेछाप अस्पताल भर्ना गरिएको थियो ।

रामेछाप अस्पतालमा मगरको उपचार सम्भव नभएपछि धुलिखेल अस्पताल काभ्रेमा रेफर गरिएको थियो । वृद्धा मगरको धुलिखेल अस्पतालमा समेत उपचार सम्भव नभएपछि केएमसी अस्पताल सिनांमगल रेफर गरेको थियो ।

केएमसीमा भर्ना भएकी मगरको सो अस्पतालका चिकित्सकहरुले पनि उपचार सम्भव नहुने बताएपछि उनका परिवारका सदस्हरुले गृह जिल्ला ल्याई पुनः रामेछाप अस्पलामा भर्ना गरेका थिए । वृद्धा मगरेको सोही अस्पतालमा सोमवार दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top