मन्थली । सदरमुकाम मन्थलीवाट यात्रु लिएर काकरभिट्टाका लागि छुटेको प्र १–०१–००१ क ४२०९ नम्बरको यात्रु वाहक वस झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै मगंलवार विहान दुर्घटनामा परेको छ ।

उक्त बस दुर्घटनामा परी सो बसमा यात्रा गर्ने १९ जना घाइते भएका छन् । घाइते मध्ये चार यात्रु रामेछापका रहेका छन् । घाइते हुनेहरुमा मन्थली नगरपालिका–१० का ६५ वर्षिय अम्वरवहादुर बुढाथोकी, मन्थली नगरपालिका–९ का ३५ वर्षिय भिमप्रसाद पुरी, खाँडादेवी गाउँपालिका–३ का ६५ वर्षिय मिटु खत्री र रामेछाप नगरपालिका–२ की ८ बर्षिय अनु श्रेष्ठ घाइते भएका छन् ।
त्यसैगरी उक्त दुर्घटनामा परी बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल सहित झापा गाउँपालिका–३ का १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश, कचनकवल–४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनको छोरा नौ वर्षीय एलोन घाइते भएका छन् ।


त्यस्तै झापा कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनको छोरा नौ वर्षीय रिदम, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यमलाल किस्कु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाईतेमध्ये १९ जनालाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल विर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उक्त बसमा २५ जना यात्रु सवार थिए । बस अनियन्त्रित भई पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



