रामेछाप । व्यवसायीक लक्ष्यको शतप्रतिशत व्यवसाय हासिल गर्न सफल भएको भन्दै रिलायवल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले रामेछाप शाखाकी प्रमुख शान्ता श्रेष्ठलाई सम्मान गरेको छ ।

रिलायवल नेपाल लाइफ इन्सुरेन्स रामेछापले गएको आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाको लक्ष्य अनुसार शतप्रतिशत व्यवसाय सफल बनाउन शाखा प्रमुख श्रेष्ठ लगाएत अन्य कर्मचारीहरुको हात रहेको भन्दै संस्थाले आइतवार बर्दीवासमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
रामेछापमा शाखा स्थापना भएदेखी नै रिलायवल नेपाल लाइफ इन्सुरेन्सका कर्मचारीहरुले जिल्लाका दुरदराजका नागरिकहरुलाई जीवन विमाको महत्व र यसवाट भविष्यमा हुने फाइदाका बारेमा जानकारि समेत दिने गरेका छन् भने त्यही अनुसार जीवन विमा पनि गराउँदै आएका छन् ।

Post Views: 19




