मृत अवस्थामा एक पुरुषको शव फेला

रामेछाप । मन्थली नगरपालिका–१० चनखु डाँडाटोलका ५८ बर्षिय गणेश वहादुर बुढाथोकी मृत अवस्थामा फेला परेका छन् ।

सोमवार घरवाट निस्केका बुढाथोकी घर नफर्किएपछि घर परिवारका सदस्यहरुले खोजतलासमा निस्केका थिए । खोजी गर्ने क्रममा उनलाई उनको घरवाट करिव एक किलोमिटर पश्चिमतर्फको मन्थली–चनखु चित्री कच्ची सडकखण्डको २ मिटर तल मृत अवस्थामा शव फेला पारेका थिए ।

उक्त घटनापछि स्थानियले प्रहरीमा खवर गरेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा टोली घटनास्थल पुगी स्थलगत मुचुल्का तयार गरी शव पोष्र्टमार्टमको लागि सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

Scroll to Top