खोलाले बगाउँदा बिद्यार्थीको मृत्यु

रामेछाप । विद्यालयको पढाई सकेर मंगलवार बेलुका घर फर्कदै गरेका एक बालकलाई खोलाले बगाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

खोलाले बगाएर मृत्यु हुनेमा उमाकुण्ड गाउँपालिका–४ तिर्थेका ५ बर्षिय बालक सुसान्त सुनुवार रहेका छन् । उनी चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीमा इसिडी कक्षामा अध्ययनरत थिए । आफ्नो घर अलि टाढा तिर्थे पर्ने स्थानमा भएकाले उनी विद्यालय नजिकै गौरीखर्कमा रहेको मावली घरमा वसेर पढ्दै आएका थिए ।

सुसान्त सदा झै पढाई सकेर घर फर्कदै गर्दा अकस्मात ठूलो वर्षात भयो । वर्षासँगै सडकमा आएको पानीले बगाउँदा उनी च्याखे धाराको खोल्सामा परे र उनलाई पानीले बगाउँदै लैजादा सोही स्थानमा उनको मृत्यु भएको हो । स्थानियहरुले उक्त घटनाको बिषयमा प्रहरीलाई जानकारी गराएपश्चात जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी निरीक्षक कमल राउतको टोली घटनास्थल पुगेको छ ।

घटनास्थल पुगेको प्रहरीको टोली घटनास्थलको मुचुल्का उठाएर शव पोष्र्टमार्टमको लागि बुधवार विहान दोलखाको जिरी अस्पताल पठाइएको छ । सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top