रामेछाप । लागु औषध खाएर सवारी चलाउने दुई चालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ ।

मन्थली नगरपालिका–१ रामनारायण चोकमा मगंलवार चेकजाँच गर्ने क्रममा प्रहरीले बागमती प्रदेश ३–०१–००५ ख ९५०७ नम्वरको यात्रु बाहक बसका चालक दोलखा जिल्ला तामाकोशी गाउँपालिका–२ डाँडागाउँका ३७ बर्षिय सन्जु कार्की र प्रदेश ०३–००१ त ९९३८को ट्याक्टर चालक सिन्धुली जिल्ला कमलामाई नगरपालिका–११ ठुलो तेर्से बस्ने २२ बर्षिय सुरेश मोक्तानले लागु औषध सेवन गरी सवारी चलाएको भेटिएकाले उनीहरुलाई दुवै जनालाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।
दुवै चालकलाई रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । रामेछापमा यसअघि पनि लागु औषध सेवन गरेर सवारीसाधन चलाउने आधा दर्जन चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानुन अनुसार कार्वाही गरेर छाडेको छ ।





