गोकुलगंगाबाट हराएकी युवती मृत अवस्थामा फेला

रामेछाप । यहीँ असोज १३ गतेदेखी सम्पर्क बिहिन भएकी गोकुलगंगा गाउँपालिका–४ बन्चरेकी १८ वर्षिय रुपमाया भुजेल मृत अवस्थामा फेला परेकी छिन् ।

घरवाट अकस्मात सम्र्पक विहिन बनेकी भुजेलको खोजी गर्ने क्रममा घरवाट केही पर मृत अवस्थामा सोमवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनापछि भुजेलको शव परीक्षणको लागि सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालमा ल्याई पोष्र्टमार्टम गरी शव दाहसंस्कारको लागि परिवारको जिम्मा लगाइएको छ ।

भुलेज किन घरवाट अकस्मात निस्किएर घर फर्किइनन् र मृतुको बाटो रोज्न पुगिन भन्ने बिषयलाई लिएर उक्त घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top