एकल महिलालाई जर्वजस्तीकरणी गर्न खोज्ने बृद्ध पक्राउ

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–१ लाह्छेवरमा एक एकल महिलालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ ।

घटना विवरण अनुसार उमाकुण्ड गाउँपालिका–१ लाह्छेवर घर भएक एक ४९ बर्षिय एकल महिला दुई नाबालिका छोरीसहित घरमा सुतिरहेको अवस्थामा घर भित्र पसि जर्वजस्ती करणी गर्न खोज्ने स्थानिय ६० वर्षीय फुर्छिरी थामीलाई प्रहरीले पक्राउ गरेको छ ।

थामीले गत भदौ ५ गते ती एकल महिलालाई जर्वजस्ती करणी गर्ने प्रयास गरेका थिए । बृद्ध थामीले महिलालाई जर्वजस्ती करणी गर्न खोजेपछि ती महिलाले प्रतिकार गरेपछि थामी घटनास्थलवाट फरार भएका थिए । घटनाको बिषयमा पिडक महिलाले प्रहरीमा खवर गरेपछि प्रहरीले थामीको खोजीमा जुटेको थियो ।

घटना घटाएर फरार रहेका थामीको खोजीमा निस्किएको प्रहरीको टोलीले थामीलाई भदौ ६ गते उमाकुण्ड गाउँपालिका–१ स्थित फितान्दिङ्गमा लुकिछिपी वसेको स्थानवाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

उनका अनुसार थामीलाई गुम्देलवाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरि रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि वढाइएको छ ।

Scroll to Top