रामेछाप । रुखमा चढेर कटहर टिप्ने क्रममा कटहर झरेर टाउँकोमा लागी भुईमा वजारिन पुगेकी एक महिलाको वुधवार दिउँसो ज्यान गएको छ ।

कटहर टिप्ने क्रममा ज्यान गुमाउनेमा ओखलढुङ्गा जिल्ला खिजिदेम्वा गाउँपालिका–३ स्थायी घर भई हाल रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपु स्थित पुलुमा सानिआमा लिलामाया सुनुवारको घरमा वस्दै आएकी अन्दाजी ४८ वर्षिय लाटी सुनुवार रहेकी छिन् ।
हिजो दिउँसो रुखमा चढेर कटहर टिप्न खोज्दा अकस्मात कटहर झरेर सुनुवारको टाउँकोमा लाग्दा उनी रुखवाट १५ फिट तल भुईमा पछारिन पुगि गम्भिर घाइते भएकी थिइन । घटनास्थलवाट तत्काल उनको उद्धार गरी उनका परिवारले सोही वडाको शिरिषे बजारमा रहेको मेडिकलमा उपचारको लागि भर्ना गरेका थिए ।


उक्त मेडिकलमा सुनुवारको उपचार सम्भव नभएपछि थप उपचारको लागि बुधवार (आज) दिउँसो काठमाण्डौं लैजाने तयारी हुँदाहुँदै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । अहिले मृतकको शव पोष्र्टमार्टमको लागि सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा ल्याउने तयारी भइरहेको र घटना सम्वन्धमा थप अनुसन्धान अघि वढाएको प्रहरीले जनाएको छ ।




