रामेछाप । नेपाली काँग्रेस रामेछापले ४४ औं बिपी स्मृति दिवसको अवसर पारेर बुधवार बिपी स्मृति भवन परिसर मन्थलीमा बृक्षरोपण गरेको छ ।

नेपाली काँग्रेसले बिपी स्मृति दिवसको अवसरमा आज देशै भरी बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । काँग्रेसको केन्द्रिय निर्णय अनुसार उक्त दिवस मनाउन रामेछपमा केन्द्रीय सदस्य सीता मिजारलाई खटाएको थियो । बृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस रामेछापका कार्यबाहक जिल्ला सभापति नबराज थोकर, पूर्व जिल्ला सभापति रामचन्द्र खड्का लगाएतका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
काँग्रेस रामेछापका नेताहरुले बिपी स्मृति परिसरमा असोक, एभोकाडो जस्ता अन्य विरुवाहरु रोपिएको छ । बिपी स्मृति परिसरमा रोपिएका विरुवाहरु हुर्काउन सहज हुने भएकाले सो ठाउँ सवैको रोजाई परेको काँग्रेस रामेछापका नेताहरुले बताएका छन् ।

Post Views: 12




