रामेछाप । रामेछाप नगर उद्योग बाणिज्य संघको सोमवार भएको पाँचाै साधारणसभा तथा तेस्रो अधिवेशनले व्यवसायी अमित तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
उक्त अधिवेशनले बाणिज्य उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, उद्योग उपाध्यक्षमा देवबहादुर श्रेष्ठ, महासचिवमा रत्नबहादुर नेवार, कोषाध्यक्षमा धनराज खड्का चयन भएका छन् । त्यस्तै एसोसियट्स सदस्यहरुमा चुक्तवहादुर मगर र सुधिर कार्कीलाई सर्वसम्मत रुपमा चयन गरेका छन् । त्यस्तै खुल्ला सदस्यहरुमा क्रमशः डम्वरबहादुर श्रेष्ठ, गोविन्द बहादुर बस्नेत, तुलसा कार्की रहेका छन् ।
उक्त कार्यक्रम निर्वतमान अध्यक्ष शम्भुकुमार श्रेष्ठको अध्यक्षता तथा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रामेछाप नगर उद्योग वाणिज्य संघले नगरभित्रका व्यवसायीहरुको हकहितको क्षेत्रमा काम गर्दै आएको छ । उक्त कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा, महासचिव कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।