रामेछाप । अवैद्य रुपमा सुन तस्करी गर्ने गिरोहमा मन्थली नगरपालिका–६ की महिमा माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखाबाट गत असोजमा बरामद भएको ११ किलो अवैद्य सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । सुन तस्करीहरुको रकम डलरमा साँटेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेकी माझीलाई दोलखा ल्याएर थप अनुसन्धान प्रक्रिया अघि वढाइएको दोलखाका प्रहरी नायव उपरीक्षक दीपक खड्काले जानकारी दिए । दोलखा सुन तस्करी प्रकरणमा हालसम्म १५ जना प्रक्राउ परिसकेका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबी र दोलखा प्रहरीले गरिरहेको अनुसन्धानबाट सुन ओसारपसारमा संलग्न केही व्यक्ति अझै फरार रहेको जनाएको छ । फरार रहेका व्यक्तिहरुको पनि प्रहरीले खोजी कार्य जारी राखेको छ । यता हालसम्म प्रक्राउ परेकाहरु विरुद्ध सुन चोरी पैठारी तथा संगठित अपराधको कसुरमा उनीहरुलाई मुद्धा चलाइने प्रहरीले जनाएको छ ।